मार्सेलो फ्लुमिनेन्स फर्किए

काठमाडौं । ब्राजिलियन डिफेन्डर मार्सेलो पूर्व क्लब फ्लुमिनेन्स फर्किएका छन् ।
ग्रीसको ओलम्पियाकोस एफसीसँगको सम्झौता अन्त्य गर्दै मार्सेलो फ्लुमिनेन्स फर्किएका हुन् ।
डिफेन्डर मार्सेलोले अनुबन्ध भएको पाँच महिनामै ओलम्पियाकोस छाडेका हुन् ।
ब्राजिलियन क्लब फ्लुमिनेन्ससँग मार्सेलोले दुई वर्षको सम्झौता गरेका छन् ।
३४ वर्षीय डिफेन्डर मार्सेलोले २००५ देखि २००७ सम्म फ्लुमिनेन्सबाट खेलेका थिए ।
उनी २००७ मा फ्लुमिनेन्सबाट स्पेनिस क्लब रियल मड्रिड आएका थिए ।
लेफ्ट ब्याक मार्सेलोले १५ वर्ष बिताएर रियल छाडेका थिए ।
रियलका लागि उनले २५ उपाधि जितेका छन् । जसमा ५ च्याम्पियन्स लिग रहेको छ ।
रियलका उनले ५ सय ४५ खेल खेलेका छन् । उनले ३८ गोल र १ सय ३ असिस्ट गरेका छन् ।
स्पेनिस क्लब रियल मड्रिड छाडेर मार्सेलो ग्रीस लागेका थिए ।
ओलम्पियाकोसमा उनले १० खेलमा ३ गोल गरेका थिए ।









-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)
