बिहिबार, २४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

महिला क्रिकेटरसहित एक दर्जन बढी सम्मानित

शुक्रबार, १२ फाल्गुण २०७९खेलपाटी संवाददाता
महिला क्रिकेटरसहित एक दर्जन बढी सम्मानित
mustang rice ad

धनगढी । धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए कलेज)को रजत जयन्तीका उपलक्ष्यमा राष्ट्रिय महिला क्रिकेटरहरु र विभिन्न व्यक्तित्वहरु सम्मानित भएका छन् ।

सुनसरीको इटहरीमा यसैवर्ष भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जित्दै इतिहास रचेको सुदूरपश्चिमको टोलीमा रहेका ४ जना महिला क्रिकेटरलाई कलेजले नगदसहित सम्मानपत्र प्रदान गरेको हो ।

यसरी सम्मानित हुनेहरुमा कविता कुँवर, इश्वरी विष्ट, मनिषा चौधरी र रुवि पोदार छन् । प्रधानमन्त्री कपको फाइनल खेलको अन्तिम ओभरमा जितका लागि आठ रन आवश्यक भएका बेला एसपीएमा अध्ययनरत कविता कुँवरले लगातार दुई छक्का प्रहार गर्दै सुदूरपश्चिमलाई पहिलोपल्ट महिला राष्ट्रिय क्रिकेटको उपाधि दिलाएकी थिइन् ।

सबैलाई एसपीएका अध्यक्ष योगेन्द्रबहादुर शाही, प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा, प्रबन्ध निर्देशक सुवाश शाही र क्याम्पस प्रमुख योगराज उपाध्यायले सम्मानित गरेका थिए ।

यस्तै दुईवर्षअघि मलेसियामा सम्पन्न पाँचौ गोजुरियो विश्व कराँते च्याम्पियनसीपमा नेपालका लागि रजत पदक दिलाएका एसपीएकै विद्यार्थी कमल ओलीलाई पनि कलेजले सम्मान गरेको छ ।

यस्तै रजत जयन्तीका अवसरमा पूर्ण क्याम्पस प्रमुखहरु हेमराज जोशी, पुष्पराज जोशी, शिवराज श्रेष्ठ र मोहनराज भट्टलाई पनि कलेजले कदरपत्र र दोसल्लासहित सम्मान गरेको छ ।

त्यसबाहेक सामाजिक क्षेत्रका व्यक्तित्वहरु प्राडा हेमराज पन्त, गेटा आँखा अस्पतालका निर्देशक डा. सुरेश पन्त, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी, पूर्व विद्यार्थी पूर्णनन्द जोशी, राजकुमारी महतो, अमेरिकी कर्नर धनगढी, पुर्नवास नगरपालिकाकी उपमेयर तथा कलेजकी पूर्व व्द्यिार्थी भूलिया रानालाई पनि कदरपत्र र दोसल्लासहित सम्मान गरिएको छ ।

यस्तै कलेजका सहायक प्राध्यापक बुधबार चौधरी र लाइब्रेरियन कृष्णा जोशीलाई नगद र सम्मानपत्रसहित दीर्घ सेवा पदक दिइएको छ ।

रजत जयन्तीका अवसरमा वरिष्ठताका आधारमा उपप्राध्यापक सुशीला  चन्द, उपप्राध्यापक रघुनाथ जोशी र सहायक प्रशासक तारा बलायर नगद र सम्मानपत्रसहित सम्मानित भएका छन् ।

उत्कृष्ट प्राध्यापक र कर्मचारीको अवार्ड रामसेवक चौधरी, यज्ञराज जोशी, भरत जोशी, दीपेन्द्र जोशी, टिकेश्वरी शर्मा र तोयनाथ पन्तले पाएका छन् । उनीहरुले पनि नगदसहित सम्मानपत्र पाए ।

रजत जयन्ती समारोहमा  उत्कृष्ट क्लबको अवार्ड एसपीएको थियटर एण्ड आर्टस क्लबले पाएको छ ।  विद्यार्थीहरुलाई रुचि अनुसारका क्षेत्रमा अघि बढाउँनु र सामाजिक परिवेशसँग घुलमिल गराउन एसपीले विभिन्न १५ वटा क्लबहरु गठन गरेको छ । विद्यार्थीहरु जुन क्षेत्रमा भविष्य निर्माण गर्न चाहान्छन्, त्यही क्लबमा आवद्ध हुनसक्छन् र उनीहरुलाई त्यहीअनुसारका प्रशिक्षण, ट्रेनिङ, सेमिनारको व्यवस्था कलेजले गरिदिने गरेको छ ।

जसमा एसपीएको थियटर्स एण्ड आर्टस क्लबले नाटक प्रदर्शनीबाट नगद ५० हजारसहित राष्ट्रियस्तरको पुरस्कार समेत जितेको थियो । क्लबले चौराहा र अत्तरियामा सडक नाटक प्रदर्शनी गर्नुका साथै सुदूरपश्चिममा पहिलोपल्ट क्यान्भास पेन्टिङ समेत आयोजना गरेको थियो ।

यस्तै रजत जयन्तीका अवसरमा अभिभावकहरु धर्मदेव न्यौनाल र रुपेश खराललाई पनि कलेजले अभिनन्दन गरेको छ ।

 पूर्व क्याम्पसप्रमुख शिवराज श्रेष्ठले स्थापना गरेको अक्षय कोषबाट स्थापित शिव–बिमा उत्कृष्ट कर्मचारी पुरस्कार कलेजका सहायक लेखापाल मानबहादुर रावल र शिव–बिमा उत्कृष्ट विद्यार्थी पुरस्कार शिखा गौतमले प्राप्त गरे ।

नौलो उडान फाउन्डेशनले रजत जयन्तीका अवसरमा अर्जुन बाग र लक्ष्मी कुँवरलाई नगदसहित छात्रवृत्ति प्रदान गरेको थियो । 

यस्तै रजत जयन्ती समारोहमा पूर्णनन्द गरिब तथा जेहोन्दार विद्यार्थी छात्रवृत्तिबाट कृष्ण बोहर र कबिता भट्टले पाएका छन् ।

LiNing Ad
महिला क्रिकेटरसहित एक दर्जन बढी सम्मानित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
 राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

विभागीय डर्बीमा पुलिसको सहज जित

विभागीय डर्बीमा पुलिसको सहज जित

राष्ट्रिय यू–१९ महिला टोलीका सहायक प्रशिक्षकमा अनु र राजु

राष्ट्रिय यू–१९ महिला टोलीका सहायक प्रशिक्षकमा अनु र राजु

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो

एन्फा निर्वाचनप्रति असहमति जनाउँदै शाहीसहित सदस्यले नेम्वाङलाई पठाए पत्र

एन्फा निर्वाचनप्रति असहमति जनाउँदै शाहीसहित सदस्यले नेम्वाङलाई पठाए पत्र

साम्बा करिब १ वर्ष मैदानबाहिर रहने

साम्बा करिब १ वर्ष मैदानबाहिर रहने

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो