एपीएफ अन्तिम चारमा

इलाम । विभागीय टोली एपीएफ क्लबको जितसँगै झापा भद्रपुर गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ ।
अन्तिम क्वाटरफाइनलमा शुक्रबार एपीएफले बंगलादेश च्याम्पियनसिप लिग क्लब काउवार्न बजार प्रगती संघलाई पेनाल्टी सुटआउटमा हराएपछि सेमिफाइनलमा भिड्ने टिम पक्का भएको हो ।
निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएपछि निर्णयका लागि पेनाल्टी सुटआउट रोजिएको हो । पेनाल्टीमा एपीएफ ९-८ ले विजयी भयो ।
बंगलादेश च्याम्पियनसिप लिग क्लबको सुरुवाती ८ प्रहार गोलमा परिणत भएपनि औङको प्रहार एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाएका थिए । एपीएफको ९ वटै प्रहार गोलमा परिणत भएको थियो ।
खेलमा सुरुआती अग्रता काउवार्नले लिएको थियो । खेलको २१ औं मिनेटमा सायरले पाहुना टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको एपिएफले खेलको ७१ औं मिनेटमा बराबरी बनाउन सफल रहयो । सनिस श्रेष्ठको प्रहार गोलरक्षक कोबिजबाट रिबाउन्ड भएपछि पाएको मौकालाई युवराज खड्काले जाली चुमाउँदै खेल बराबरीमा ल्याए ।
खेलको म्यान अफ दि म्याच एपीएफका गोलरक्षक एन्जल घोषित भए । एपीएफले फाइनल प्रवेशका लागि फागुन १४ गते मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी र संकटा क्लब भिड्ने छन् ।









-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)
