क्रोएसियाका डिफेन्डर लोभ्रेनद्वारा सन्यास
बिहिबार, ११ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । क्रोएसियाका डिफेन्डर डेजन लोभ्रेनले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
लोभ्रेनले बिहीबार सामाजिक संजालबाट अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
३३ वर्षीय डिफेन्डरले क्रोएसियाका लागि ७८ खेल खेलेका छन् ।
उनले २००९ मा क्रोएसियाको राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।
रुस विश्वकपमा उपविजेता र कतार विश्वकपमा तेस्रो हुँदा लोभ्रेन क्रोएसियाको टोलीमा थिए ।
लोभ्रेन फ्रेन्च क्लब लियोनबाट खेलिरहेका छन् ।
क्रोएसियाका डिफेन्डर लोभ्रेनद्वारा सन्यास









-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)
