उपाधिका लागि द हिलिङ र केदारनाथ भिड्ने
भक्तपुर । दोस्रो भक्तपुर कप–२०७९ खुला फुटबल प्रतियोगिताको फाइनलमा द हिलिङ होम एफसी र केदारनाथ सुटर्स भिड्ने भएका छन् ।
द हिलिङ होम एफसीले बिहीबार भएको सेमिफाइनलमा आयोजक भक्तपुर युवा टिमलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
खेलको निर्धारित समय ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।
खेलमा भक्तपुरका जान लिम्बु उदयीमान र अमित लामा उत्कृष्ट खेलाडी घोषित भए ।
दोस्रो सेमिफाइनलमा केदारनाथ सुटर्सले गोदावरी युनाइटेड एफसीलाई ३–१ गोलले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । खेलमा केदारनाथका सतिस सुवाल उत्कृष्ट खेलाडी र गोदावरीका सम्राट लिम्बु उदयीमान घोषित भएका थिए ।
भक्तपुर युवा टिमको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजारसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ६० हजारसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताबाट अनुशासित टिम र उत्कृष्ट खेलाडीलाई नगद दश हजार र ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितका उत्कृष्ट मिडफेण्डर, डिफेण्डर, गोलकिपर, कोच र प्रतियोगिताको उदयीमान खेलाडीलाई नगद पाँच हजार र ट्रफी प्राप्त गर्नेछ ।









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



