फुटबल प्रशिक्षक तालिम सम्पन्न
काठमाडौं । पटिहानी फुटबल क्लबको आयोजनामा चितवनमा ४ दिने सामुदायिक खेल प्रशिक्षक तालिम सम्पन्न भएको छ ।
गण्डकी विश्वविद्यालयसँगको सहकार्यमा आयोजना गरिएको तालिममा १२ जना विद्यालय शिक्षकसहित २९ जनाको सहभागिता रहेको थियो ।
तालिममा गण्डकी विश्वविद्यालयका प्राध्यापकहरुले सैदान्तिक विषयमा खेलकुदका विभिन्न विधामा कक्षा सञ्चालन गरेका थिए भने प्रयोगात्मक तालिम नेपालको राष्ट्रिय टिमकाका पूर्व सहायक प्रशिक्षक विष्णु गुरुङ र चितवनका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले दिएका थिए ।
यस तालिम पश्चात विद्यालय र सामुदायीक बालबालिकाले एउटा उचित र सही मार्गदर्शन पाउने र दिर्गकालिन रूपमा चितवन कै खेलकुदमा प्रभाव पार्ने अपेक्षा क्लबले राखेको छ ।
ब्याचलर इन स्पोर्ट्स साइन्स पढाइ हुने नेपालको एक मात्र विश्वविद्यालय गण्डकी विश्वविद्यालय र सामुायिक रूपमा खुलेको क्लब पटिहानी एफसीले गरेको यस कार्यक्रम क्लब स्तरमा नेपालमै पहिलो पटक सञ्चालन भएको हो ।









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



