लुकाकुको गोलमा इन्टर विजयी
बिहिबार, फागुन ११, २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा इटालियन क्लब इन्टर मिलान विजयी भएको छ ।
बुधबार राति भएको खेलमा इन्टरले पोर्चुगिज क्लब पोर्टोलाई १-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा इन्टरलाई जित दिलाउन रोमेलु लुकाकुले निर्णायक गोल गरे ।
लुकाकुले खेलको ८६ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
यस्तै खेलको ७८ औं मिनेटमा ओटाभियोले रातो कार्ड पाउँदा पोर्टो १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै इन्टरले अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
दुई टोलीबीचको दोस्रो लेग मार्च १५ मा हुनेछ । खेल पोर्टोको मैदानमा हुनेछ ।
लुकाकुको गोलमा इन्टर विजयी









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



