बराबरीमा रोकियो सिटी
बिहिबार, फागुन ११, २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको खेलमा सिटीले जर्मन क्लब आरबी लाइपजिगसँग १-१ गोलको बराबरी खेलेको हो ।
लाइपजिगको मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा सिटी बराबरीमा रोकिएको हो ।
खेलको २७ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ७० औं मिनेटमा जोस्को ग्वार्डीओलले गोल गर्दै लाइपजिगलाई १-१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै दुबै टोलीको अन्तिम आठमा पुग्ने सम्भावना कायम रहेको छ ।
दुई टोलीबीचको दोस्रो लेग मार्च १५ मा हुनेछ । जुन खेल सिटीको मैदानमा हुनेछ ।
बराबरीमा रोकियो सिटी









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



