सुदीप सातदोबाटोको कप्तान नियुक्त

काठमाडौं । सातदोबाटो युथ क्लबले सुदीप गुरुङलाई नयाँ कप्तान नियुक्त गरेको छ । आसन्न ए डिभिजन लिग खेल्ने तयारी गरेको सातदोबाटोले सुदीपलाई कप्तानको रुपमा नियुक्त गरेको हो ।
सुदीपले गत सिजन समेत सातदोबाटो युथ क्लबबाट खेलेका थिए । उनले गत सिजन सातदोबाटोबाट १३ वटै खेलमा पुरा समय मैदान बिताएका थिए ।
उनै सुदीपलाई कप्तान नियुक्त गर्दै सातदोबाटोले नयाँ सिजनका लागि टिम तयार गरेको छ ।
सातदोबाटोबाट ए डिभिजन लिग राम्रो प्रभाव छाडेका सुदीपले राष्ट्रिय फुटबल टिममा समेत स्थान बनाएका थिए । तत्कालिन प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले सुदीपलाई राष्ट्रिय टिममा समेत छनोट गरेका थिए ।
क्लबका महासचिव सुनिल विष्टले सदीपको कप्तानीमा क्लबले आसन्न लिगमा राम्रो प्रर्दशन गर्ने अपेक्षा गरेको बताए ।
उनले कम्तीमा अघिल्लो सिजनको नतिजालाई दोस्रो सिजन समेत कायम राख्ने लक्ष्य सहित तयारी गरिरहेको उल्लेख गरे ।
गत सिजन ए डिभिजनमा लिगमा डेब्यु गरेको सातदोबाटोले पहिलो सिजनमै शीर्ष चार भित्र अटाएको थियो ।










%20(1)-1763645320295.jpeg&w=3840&q=75)



