चर्च ब्वाइजलाई हराउँदै मछिन्द्र सेमिफाइनलमा

इलाम । मछिन्द्र क्लब झापा–भद्रपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मेची रंगशालामा जारी प्रतियोगितामा मछिन्द्रले चर्च ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
मछिन्द्रको जितमा कप्तान सुजल श्रेष्ठ र बिमल घर्ती मगरले एक एक गोल गरे । चर्चका लागि एक मात्र गोल कप्तान अनन्त तामाङले गरे ।
खेलको सुरुआती अग्रता चर्चले लिएको थियो । खेलको ५५ औं मिनेटमा एरिक बिष्टको फ्रिकिक प्रहारमा गगनदिप सिंहको क्रसलाई हेडर मार्फत अनन्तले जाली चुमाएका थिए ।
निर्धारित समयको अन्तिम १० मिनेटमा २ गोल फर्काउदै मछिन्द्रले खेल आफ्नो पक्षमा पार्न सफल भएको हो ।

८० औं मिनेटमा सुजल श्रेष्ठले खेल बराबरीमा ल्याए । सुजल माथि एरिक बिष्टले फाउल गरेपछि पाएको फ्रिकिक प्रहार सहजै गोलमा परिणत भएको थियो ।
त्यसको ५ मिनेट नवित्दै छिरिङ गुरुङको क्रसलाई हेडर मार्फत बिमलले जाली चुमाएपछि मछिन्द्र अन्तिम ४ मा प्रवेश गर्ने दोश्रो टोली बन्यो ।
खेलको म्यान अफ दि म्याच मछिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित भए । म्यान अफ दि म्याचको ट्रफी र नगद नेपाली महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले हस्तान्तरण गरिन् ।
प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा बिहीबार विभागीय टोली त्रिभुवन आर्मी र ड्रुक ल्हायुल एफसी भुटानबीच प्रतिस्पर्धा हुनेछ ।









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



