मनाङलाई मकवानपुर गोल्डकपको उपाधि
बुधबार, फागुन १०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले पाँचौ संस्करणको सहिद स्मृति राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
बुधबार भएको फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि जितेको हो ।
मनाङको जितमा रोशन राना मगरले खेलको दोस्रो हाफमा विजयी गाल गरे ।
उपाधिसँगै मनाङले १५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता शेर्पाले १० लाख रुपैयाँ हात पारेको छ ।
सर्वोत्कृष्ट खेलाडी मनाङका कप्तान दिप कार्की चुनिए । उनले बुलेट मोटरसाईकल प्राप्त गरे ।
युवा खेलाडीलाई समावेश गर्दै मनाङले तयार पारेको टिमले सिजनको पहिलो उपाधिको रुपमा मकवानपुर गोल्डकपको उपाधि उचालेको हो ।
#मकवानपुर #गोल्डकप









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



