गोलकिपर किशोरले शेर्पाबाटै खेल्ने
बुधबार, फागुन १०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । गोलकिपर किशोर गिरिले हिमालयन शेर्पा क्लबबाटै सहिद स्मारक 'ए' डिभिजन लिग खेल्ने भएका छन् ।
हिमालयनले सामाजिक संजालबाट गोलकिपर किशोरले नयाँ सिजनको लिग क्लबबाटै खेल्ने जनाएको छ ।
नयाँ सिजनको लिगका लागि हिमालयनले किशोरलाई क्लबमै राखेको हो ।
उनले अघिल्लो सिजनको लिग शेर्पाबाटै खेलेका थिए ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
यस अघि हिमालयनले मिडफिल्डर शुसिल राई, निशान लिम्बु, डिफेन्डर संजय राजबाहक, सोनित दाहाल, खामिर गिल्सान र यदु सिलवाललाई अनुबन्ध गरेको थियो।
यस्तै हिमालयनले दिवस उराउसँगको सम्झौता नविकरण गरिएको जनाएको छ ।
गोलकिपर किशोरले शेर्पाबाटै खेल्ने









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



