लिड्सको मुख्य प्रशिक्षकमा जाभी
बुधबार, १० फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब लिड्स युनाईटेडले जाभी ग्रासियालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
लिड्सले जेसी मार्शलाई बर्खास्त गर्दै ५२ वर्षीय जाभीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
क्लबले खराब प्रदर्शन जारी राखेपछि लिड्सले मुख्य प्रशिक्षक मार्शलाई बर्खास्त गरेको थियो ।
स्पेनिस प्रशिक्षक जाभी वाट्फोर्डका पूर्व प्रशिक्षक हुन् ।
उनले स्पेनको भ्यालेन्सिया र कतारी क्लब अल साद समेत हेरिसकेका छन् ।
लिड्स यस सिजन प्रिमियर लिगको १९ औं स्थानमा रहेको छ ।
लिड्सको मुख्य प्रशिक्षकमा जाभी









-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)
