नापोलीको सहज जित
बुधबार, फागुन १०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा इटालियन क्लब नापोलीले सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा नापोलीले जर्मन क्लब फ्रान्कफर्टलाई २-० गोल अन्तरले हराएको हो ।
नापोलीको जितमा भिक्टर ओसिमहेन र जियोभानी डी लोरेन्जोले एक एक गोल गरे ।
खेलको ४० औं मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६५ औं मिनेटमा जियोभानीले गोल गर्दै नापोलीको जित पक्का गरे ।
खेलको ५८ औं मिनेटमा राण्डल कोलोले रातो कार्ड पाएपछि फ्रान्कफर्ट १० खेलाडीमा समेटिएको थियो ।
अब दुई टोलीबीचको दोस्रो लेग मार्च १६ मा हुनेछ । खेल नापोलीको मैदानमा हुनेछ ।
नापोलीको सहज जित









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



