नाबरुङलाई उपाधि
मंगलबार, ०९ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं। दोस्रो भानु कप फुटबलको उपाधि नाबरुङ युवा क्लब 'ए' ले जितेको छ ।
भानु नगरपालिका वडा-५ को आयोजनामा भएको प्रतियोगिताको फाइनलमा डी एण्ड बी ढाँडखोला बिरुवालाई ३-० ले हराउँदै नाबरुङले उपाधि जितेको हो ।
जनसेवा युवा क्लब बारीफाँटले नाबरुङ युवा क्लब 'बी' लाई २-२ गोलको बराबरी पश्चात् पेनाल्टी सुटआउटमा हराएर तेस्रो स्थान हासिल गरेको छ ।
प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो ।
पहिलो हुने टोलीले २० हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार प्राप्त गरेका छन् ।
नाबरुङलाई उपाधि









-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)
