शनिबार, कार्तिक ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

टप्सलाई राष्ट्रपति रनिङ सिल्ड

मंगलबार, फागुन ९, २०७९खेलपाटी संवाददाता
टप्सलाई राष्ट्रपति रनिङ सिल्ड
Classic Tech Internet Ad

पोखरा । राष्ट्रपति रनिङ सिल्ड तथा तृतीये मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ को उपाधि टप्स बोर्डिङ स्कुलले उचालेको छ ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगितामा कुल ७ स्वर्ण, २ रजत र ४ कास्य पदकसहित टप्स च्याम्पियन बनेको हो ।

टप्सले कुल १३ पदक हासिल गरेको समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । 

सैनिक आवासीय मावि ५ स्वर्ण, ४ रजत र ११ कास्यसहित द्वितीय स्थानमा रह्यो । सैनिकले कुल २० पदक हात पा¥यो । शहिद स्मृति मावि ५ स्वर्ण, ४ रजत र ४ कास्यसहित तृतीये भयो । शहिद स्मृतिले कुल ११ पदक पायो ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टस्अन्तर्गत छात्र–छात्राका खेल भएका थिए । 

एथलेटिक्समा टप्सले ७ स्वर्ण, १ रजत र ४ कास्य हासिल गर्दै प्रथम भयो । सैनिकले ५ स्वर्ण ४ रजत र ६ कास्य हासिल गर्दै द्वितीय भयो । त्रिवेणी पब्लिक २ स्वर्णसहित तृतीय हुँदा कास्की मोडनाइज ४ रजत र २ कास्यसहित सान्त्वना भएको खेलकुद विकास समितिले जनाएको छ । कराँतेमा शितलादेवी मावि २ स्वर्ण, १ रजतसहित प्रथम भयो ।

न्युमिलिनियम एकेडेमी २ स्वर्णसहित द्वितीय र शिवशक्ति मावि १ स्वर्ण, १ रजत र ३ कास्यसहित तृतीये भए । उसुतर्फ कालिका २ स्वर्ण सहित पहिलो भयो । थ्रिएन्जल्स र ग्लोबल कलिजियट समान एक÷एक स्वर्णका साथ क्रमशः द्वितीय र तृतीये स्थानमा रह्यो । उसुमा समान पदक भएपछि अंकका आधारमा द्वितीय र तृतीये स्थान छुट्याइएको हो ।


तेक्वान्दोमा ४ स्वर्ण र १ रजत सहित सहिद स्मृति प्रथम भयो । १ स्वर्ण, १ रजत  र १ कास्यसहित सैनिक द्वितीय र १ स्वर्णसहित अमरसिंह मावि तृतीय भए । भलिबलको छात्रातर्फ युनिभर्स प्रथक, राष्ट्रिय मावि द्वितीय र स्पाइरल ग्यालेक्सी तृतीय भए ।  छात्रातर्फ शान्ता मावि प्रथम, जनप्रिय मावि द्वितीय र कन्या मावि तृतीय भए । कबड्डी छात्रातर्फ बेथानी प्रथम, कालिका द्वितीय र भवानी मावि तृतीय भएको खेलकुद विकास समितिले जनाएको छ । छात्रातर्फ गौरीशंकर प्रथम, शहिद स्मृति द्वितीय र रामेश्वरी मावि तृतीय भए । प्रतियोगितामा ३० वटा विद्यालयका १ हजार ६ सयभन्दा बढी खेलाडी सहभागी थिए ।

मंगलबार समापन समारोहमा बोल्दै महानगर प्रमुख धनराज आचार्यले विद्यालयस्तरमै खेलकुद विकास गर्न नसके खेलकुद क्षेत्र अघि बढ्न नसक्ने बताए । महानगरपालिकाले गर्ने खेलकुद प्रतियोगिताको वार्षिक क्यालेन्डर बनाउने उनले बताए । 


खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले खेलकुदलाई व्यावसायिक बनाउन विद्यालय तहमै विद्यार्थीलाई उत्प्रेरित गर्न महानगर सक्रिय रहेको बताए । उनले रनिङ सिल्ड तथा मेयर कप सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद दिए ।

Bajaj Pulsar Motorcycle Ad
टप्स बोर्डिङलाई राष्ट्रपति रनिङ सिल्ड

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चार जना प्रशिक्षकको विदाई

चार जना प्रशिक्षकको विदाई

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

 महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा

महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा

Bajaj Pulsar Motorcycle Ad
भारतका सूर्यवंशीको सनसनी शतक

भारतका सूर्यवंशीको सनसनी शतक

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

चार जना प्रशिक्षकको विदाई

चार जना प्रशिक्षकको विदाई

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे