फोफाना जावलाखेल फर्किए
मंगलबार, फागुन ९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब जावलाखेलले फरवार्ड फोडे फोफानालाई अनुबन्ध गरेको छ ।
जावलाखेलले मंगलबार सामाजिक संजालबाट फोफानालाई अनुबन्ध गरिएको जनाएको छ ।
जावलाखेलले नयाँ सिजनको 'ए' डिभिजन लिगका लागि फोफानालाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
फोफानाले गत सिजन संकटा क्लबबाट खेलेका थिए ।
यस सिजन भने फोफाना जावलाखेल फर्किएका हुन् ।
संकटा अघि उनले जावलाखेलबाटै खेलेका थिए ।
फोफाना जावलाखेल फर्किए









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



