मंगलबार, १५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाल रनिङको विमोचन

मंगलबार, ०९ फाल्गुण २०७९खेलपाटी संवाददाता
नेपाल रनिङको विमोचन
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालगन्ज म्याराथनको प्रकाशन नेपाल रनिङ मंगलबार विमोचन गरिएको छ ।

नेपाल सरकार र तत्कालिन माओवादी विद्रोहीबीच २०६३ मंसिर ५ गते भएको बिस्तृत शान्ती सम्झौताको स्मरणमा शान्ति, विकास र समृद्धि भन्ने नाराका साथ आयोजना हुन थालेको नेपालगन्ज म्याराथनले यो वर्ष आठौं संस्करण पूरा गरिसकेको छ ।

म्याराथन एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट रुट प्रमाणित भई नेपालगन्ज म्याराथनले सदस्यता प्राप्त गरेको थियो । त्यस्तै नेपालगन्ज म्याराथन एम्सको क्यालेन्डरमा समेत समावेश भइसकेको छ । 

यसै साता जापानको ओशाकामा हुने एम्सको २३ औं वर्ल्ड कंग्रेसलाई लक्षित गर्दै तयार पारिएको प्रकाशन नेपाल रनिङको विमोचन गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, पूर्व सदस्य सचिव युवराज लामा, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, शसस्त्र प्रहरीका पूर्व महानिरक्षक शैलेन्द्र श्रेष्ठ, ओलम्पियन रघुराज वन्त, नेपाल पयर्टन बोर्डका पूर्व सिइओ दीपकराज जोशी र राखेप सदस्य अन्जुनाथ धमलाले राखेपमा आयोजित कार्यक्रममा संयुक्तरुपमा नेपाल रनिङको विमोचन गरेका थिए ।

नेपाल रनिङमा नेपालगन्ज म्याराथनका विभिन्न आयामलाई समेटिएको छ । नेपाल रनिङमा नेपालगन्ज म्याराथनले एथलेटिक्सको विकास, सहरसँगै देशको परिचय र त्यहाँको पयर्टन प्रबद्र्धनमा हुन सक्ने फाइदाका विषयमा पनि चर्चा गरिएको छ । प्रकाशनका मा केहि अंश नेपाली र केहि अंश अंग्रेजीमा रहेका छन् । 

अधिकांश अतिथिले नेपालगन्ज म्याराथन एम्सबाट मान्यता प्राप्त गर्नु उपलब्धी भएको चर्चा गर्दै राखेपले त्यसको अभिभाकत्व लिनुपर्नेमा जोड दिए । राखेप सदस्य सचिव घिसिङले भविष्यमा राखेपले नेपालगन्ज म्याराथनमा सक्दो सहयोग गर्ने वचन दिए । 

सोही अवसरमा वर्ल्ड कंग्रेसमा भाग लिन मंगलबार जापान जान लागेका नेपालगन्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीलाई राखेप सदस्य सचिव घिसिङलगायतले विदाई गरेका थिए । वल्र्ड कंग्रेस फागुन ११ देखि १३ गते सम्म हुने बताइएको छ । 

मंसिर २४ गते आयोजना भएर पहिलो पटक इलोक्ट्रोनिक चिप्स प्रयोग गरिएको आठौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खड्गबहादुर खड्काले जितेका थिए । त्यस्तै  १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले महिला हाफ म्याराथनको उपाधि जितेकी थिइन् ।

Loading ad...
LiNing Ad
नेपाल रनिङको विमोचन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

सिमोन्सले यो सिजन गुमाउने

सिमोन्सले यो सिजन गुमाउने

उपाधितर्फ अझ नजिक इन्टर

उपाधितर्फ अझ नजिक इन्टर

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच