केपी ओली कपको उपाधि ट्रफी सार्वजनिक

काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि ट्रफी सार्वजनिक गरेको छ ।
आयोजक राष्ट्रिय युवा संघ नेपालले मंगलबार विजेताले पाउने उपाधि ट्रफी सावर्जनिक गरेको हो ।
यस्तै आयोजकले प्रतियोगिताको चिनारी गित सार्वजनिक गरेको छ ।
प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म हुनेछ । प्रतियोगिता आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा 'ए' डिभिजन क्लबका ७ र एक आयोजक टोली गरि ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन् ।
पुलिस र सातदोबाटोबीचको खेल फागुन ११ गते एन्फा कम्प्लेक्समा हुनेछ । खेल ३ बजे सुरु हुनेछ ।
प्रतियोगिताको फाइनल बाहेक सम्पूर्ण खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । फाइनल खेल भने दशरथ रंगशालामा आयोजना हुनेछ ।
'ए' डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जवालाखेल युथ क्लब छन् । एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार पाउने छन् ।
प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार नगद पुरस्कार दिइनेछ भने प्रत्येक खेलका म्यान अफ दि म्याचले १५ हजार पाउने छन्।









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



