• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कप जारी
खेलपाटी संवाददाता
सोमबार, फागुन ८, २०७९ खेलपाटी संवाददाता
राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कप जारी

पोखरा ।  पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा राष्ट्रपति रनिङ सिल्ड तथा तेस्रो मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ जारी छ । पोखरा रंगशालामा आइतबारदेखि सुरू भएको प्रतियोगिताको समापन मंगलबार हुँदैछ ।

भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टस्अन्तर्गत छात्र–छात्रामध्ये धेरै विधाको क्वाटरफाइनल सकिएको छ । विद्यालयस्तरीय ‘खेल मेला’ मानिने राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कपको मंगलबार सबै खेलको सेमिफाइनल र फाइनलपछि समापन हुनेछ ।

कराँते एकल कातातर्फ न्युमिलिनियम एकेडेमीका प्रिन्स गुरुङ प्रथम भएका छन् । शिवशक्ति माविका अर्जुन सुनार दोस्रो र न्यु मोडेल एकेडेमीका जीवन मगर तेस्रो भए । बाराही माविका अमिर तामाङले सान्त्वना स्थान हासिल गरे ।

कराँतेकै फाइटतर्फको ४२ केजी तौल समूहमा तेस्रो स्थानको टुंगो लागे पनि विजेता र उपविजेताको टुंगो लाग्न भने बाँकी छ । शिवशक्ति माविका रोमन नेपाली र हिमाली माविका जेनिश गुरूङ फाइनल प्रवेश गरेका छन् । सैनिक माविका कुशल गुरुङ र शितलादेवी माविका प्रशान्त लिम्बु तेस्रो भए ।

४७ केजी तौल समूहको पनि विजेता र उपविजेताको टुंगो लागेको छैन् । न्युमिलिनियमका प्रिन्स गुरुङ र सैनिक आवासिय माविका कुशल जिटि फाइनल प्रवेश गरे । हिमाली माविका अनिल विक र सैनिक आवासीयका मुस्कान बालाचार्य तेस्रो भएको आयोजकले जनाएको छ ।

एथलेटिक्सतर्फ लङ्गजम्प छात्रमा राष्ट्रिय माविका रोहित रायमाझिले स्वर्ण, लिटिल फ्लावरका लब पोखरेलले रजत र त्रिवेणी माविका शिशिर कुमालले कास्य हात पारे ।  छात्रातर्फ त्रिवेणी माविकी एन्जल अधिकारीले स्वर्ण, सैनिक आवासीय माविकी दीपा बालायारले रजत, जनज्योति माविकी सफलता जिसी र टप्स माविकी पवित्रा गुरुङले कास्य पदक पाए । 

ज्याभ्लिन थ्रो पुरुषतर्फ पश्चिमाञ्चलका नरेश विकले स्वर्ण, गौरीशंकर माविका प्रभु तामाङले रजत र सरस्वती माविका यरिस घर्तीले कास्य जिते । छात्रातर्फ शहिद स्मृति माविकी संगिता घर्तीले स्वर्ण, छोरेपाटन माविकी बबिता तामाङले रजत हात पारिन् । सैनिक माविकी सरिना श्रेष्ठले कास्य पदक पाइन् ।

एक सय मिटर दौड छात्रतर्फ सिर्जना सेकेन्डरीका रिसब श्रेष्ठले स्वर्ण जिते । शहिद स्मृतिका दिपेश यादव र टप्स माविका दर्शन गुरुङले क्रमशः रजत र कास्य पदक प्राप्त गरे । छात्रातर्फ त्रिवेणी पब्लिककी एन्जल अधिकारीले स्वर्ण, टप्स माविकी पवित्रा गुरुङले रजत र श्रीकृष्ण सेकेन्डरीकी मञ्जिला थापाले कास्य पाए । 

४ सय मिटर दौड छात्रतर्फ कास्की मोडनाइजका सन्दिप कँुवरले स्वर्ण, सैनिक माविका राजिप थापाले रजत र छोरेपाटन माविका नरेश बास्तोलाले कास्य हासिल गरे । छात्रातर्फ टप्स बोर्डिङकी सबिना खातुन मियाँले स्वर्ण, सगरमाथा निकेतनकी अनुस्का अधिकारीले रजत र त्रिवेणी पब्लिककी सुप्रिया अधिकारीले कास्य पदक जिते ।

१५ सय मिटर छात्रा दौडतर्फ छोरेपाटन माविकी नारायणी भण्डारीले स्वर्ण हासिल गरिन् । गौरीशंकर माविकी कविता मगरले रजत र ज्ञानज्योति कुञ्जकी ध्वजकुमारी नेपालीले कास्य जितिन् ।

३ हजार मिटर छात्रतर्फ छोरेपाटन माविका तेन्जोन रोका मगरले स्वर्ण पदक हासिल गरे । जनप्रकाश माविका लक्ष्मण शर्माले रजत र सैनिक माविका आक्रिष्ट थापाले कास्य पाए । 

छात्र पहिलो सेमिफाइनल बेथाने मावि र अमरसिंह माविबीच हुनेछ । दोस्रो सेमिफाइनलमा कालिका मावि र भवानी कालिका माविबीच प्रतिस्पर्धा हुनेछ । छात्रा पहिलो सेमिफाइनमा रामेश्वरी मावि र सहिद स्मृति मावि खेल्ने छन् । गौरिशंकर मावि र सरस्वती टिका माविबीच दोस्रो सेमिफाइनल हुनेछ ।

छात्र भलिबलमा सहिद स्मृति मावि र यूनिभर्स मावि, स्पाइरल ग्यालेक्सी र राष्ट्रिय मावि सेमिफाइनलमा खेल्ने छन् । छात्रातर्फ शान्त मावि र कन्या मावि, तालबाराही मावि र जनप्रिय मावि खेल्ने महानगर भलिबल संघका अध्यक्ष राम लामिछानेले जानकारी दिए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP