स्वदेश फर्किए महिला फुटबल टिम

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएका छन् ।
भारतसँगको दुई मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली आइतबार दिउँसो स्वदेश फर्किएका हुन् ।
नेपाली टोलीलाई एन्फाका प्रवक्ता सुरेश शाह लगायतका पदाधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
नेपालले भारतसँग चेन्नईमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको दोस्रो मैत्रीपूर्णमा नेपालले घरेलु टोलीसँग गोलरहित बराबरी खेलेको थियो ।
त्यसअघि बुधबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २-२ गोलको बराबरी खेलेको थियो । दुई गोलको अग्रता उल्टाएर नेपालले घरेलु टोलीसँग रोमान्चक बराबरी खेलेको थियो । नेपालका लागि दुबै गोल सावित्रा भण्डारीले गरेकी थिइन् ।
ओलम्पिक छनोटको तयारी स्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा दिएको हो ।













-1770799852128.png&w=3840&q=75)

