मार्सेलोले छाडे ओलम्पियाकोस
आइतबार, फागुन ७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । ब्राजिलियन डिफेन्डर मार्सेलोले ग्रीसको क्लब ओलम्पियाकोस एफसी छाडेका छन् ।
डिफेन्डर मार्सेलोले अनुबन्ध भएको पाँच महिनामै ओलम्पियाकोस छाडेका हुन् ।
३४ वर्षीय डिफेन्डर मार्सेलोले एक वर्षको सम्झौता गरेका थिए ।
ओलम्पियाकोसमा उनले १० खेलमा ३ गोल गरेका थिए ।
स्पेनिस क्लब रियल मड्रिड छाडेर मार्सेलो ग्रीस लागेका थिए ।
लेफ्ट ब्याक मार्सेलोले १५ वर्ष बिताएर रियल छाडेका हुन् ।
डिफेन्डर मार्सेलो २००७ मा रियल आएका थिए ।
रियलका लागि उनले २५ उपाधि जितेका छन् । जसमा ५ च्याम्पियन्स लिग रहेको छ ।
रियलका उनले ५ सय ४५ खेल खेलेका छन् । उनले ३८ गोल र १ सय ३ असिस्ट गरेका छन् ।
मार्सेलोले छाडे ओलम्पियाकोस









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



