ठमिछोवा फुटबल क्लबलाई खुम्बु ल्होसार कपको उपाधि

काठमाडौं । ‘खुम्बु ल्होसार कप’ फुटबलको १३ औं संस्करणको उपाधि ठमिछोवा फुटबल क्लबले जितेको छ ।
फाइनलमा ठमिछोवा फुटबल क्लबले नाम्चे युवा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।
शेर्पा समुदायको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिताको उपाधिसँगै ठमिछोवा क्लबले १ लाख नगदसहित ट्रफि र मेडल प्राप्त गरेको छ ।
उपविजेता बनेको नाम्चे युवा क्लबले ५० हजार नगदसहित र मेडल मेडल प्राप्त गरेको छ ।
तेस्रो स्थानका लागि भएको खेलमा जुभिङ शेर्पा कुदिक क्लबलाई पराजित गर्दै आमाडब्लम तेस्रो भयो ।
आमाडब्लमले जुभिङ शेर्पा क्लबलाई २ - ० गोलअन्तरले पराजित गर्यो । तेस्रो भएको आमाडब्लम युवा क्लबले २५ हजार नगदसहित मेडल प्राप्त गरेको छ ।
शेर्पा समुदायको नयाँ वर्ष तथा चाड ल्होसारको अवसरका खुम्जुङ युवा क्लबले प्रत्येक वर्ष ‘खुम्बु ल्होसार कप’ आयोजना गर्दै आएको छ ।
काठमाडौंको सानो गौचरण खेलकुद मैदानमा सम्पन्न प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।













-1770799852128.png&w=3840&q=75)

