इन्टर र एसी मिलान विजयी
आइतबार, फागुन ७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा इन्टरले उडीनेजेलाई ३-१ गोल अन्तरले हराएको हो ।
इन्टरलाई जित दिलाउन रोमेरो लुकाकु, हेन्रिख मिखिटार्यन र लाउटरो मार्टिनेजले एक एक गोल गरे ।
उडीनेजेका सान्डी लोभ्रिचले एक गोल फर्काए ।
जितसँगै इन्टरले २३ खेलमा ४७ अंक जोडेको छ ।
इन्टर दोस्रो स्थानमा रहेको छ ।
उडीनेजे ३० अंक जोडेर नवौं स्थानमा रहेको छ ।
अर्को खेलमा एसी मिलानले मोन्जालाई १-० ले हराएको छ ।
मिलानको जितमा जुनियर मेस्सीयासले निर्णायक गोल गरे ।
मिलान ४४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
मोन्जा २९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
इन्टर र एसी मिलान विजयी









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



