न्युकासलमाथि लिभरपुलको सहज जित
आइतबार, ०७ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले न्युकासललाई २-० गोल अन्तरले हराएको हो ।
लिभरपुलको जितमा डार्विन नुनेज र कोडी गाक्पोले एक एक गोल गरे ।
खेलको दशौँ मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको १७ औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।
खेलको २२ औं मिनेटमा गोलकिपर निक पोपले रातो कार्ड पाएपछि न्युकासल १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै लिभरपुलले २२ खेलमा ३५ अंक जोडेको छ ।
लिभरपुल आठौं स्थानमा रहेको छ ।
न्युकासल ४१ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
न्युकासलमाथि लिभरपुलको सहज जित













-1770799852128.png&w=3840&q=75)

