रियलले बार्सिलोनासँगको अंक दुरी घटायो
आइतबार, ०७ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा रियलले ओसासुनालाई २-० गोल अन्तरले हराएको हो ।
रियलको जितमा फेडेरिको भाल्भर्डे र मार्को एसेन्सियोले एक एक गोल गरे ।
खेलको ७८ औं मिनेटमा फेडेरिकोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा एसेन्सियोले गोल गर्दै रियललाई २-० को जित दिलाए ।
जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक दुरी घटाएको छ ।
दोस्रो स्थानको रियलले २२ खेलमा ५१ अंक जोडेको छ ।
एक खेल कम खेलेको बार्सिलोनाको ५६ अंक रहेको छ ।
ओसासुना ३० अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
रियलले बार्सिलोनासँगको अंक दुरी घटायो













-1770799852128.png&w=3840&q=75)

