चेल्सी घरमै पराजित
शनिबार, ०६ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी घरेलु मैदानमै पराजित भएको छ ।
शनिबार राति भएको खेलमा चेल्सीलाई साउथह्याम्पटनले १-० गोल अन्तरले हराएको हो ।
पुछारमा रहेको साउथह्याम्पटनलाई जित दिलाउन जेम्स वार्ड प्राउसले निर्णायक गोल गरे ।
जेम्सले पहिलो हाफको इन्जुरी समयमा फ्रिकिकमार्फत गोल गरे ।
यस जितसँगै साउथह्याम्पटन २३ खेलमा १८ अंक जोडेर २० औं स्थानमा रहेको छ ।
चेल्सी ३१ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
चेल्सी घरमै पराजित













-1770799852128.png&w=3840&q=75)

