शेर्पा सेमिफाइनलमा
शनिबार, ०६ फाल्गुण २०७९खेलपाटी संवाददाता

हेटौंडा । हिमालयन शेर्पा क्लब हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै हिमालयन शेर्पा सेमिफाइनल प्रवेश गरेको हो ।
खेलको म्यान अफ द म्याच हिमालयन शेर्पाका टिम क्याप्टेन विश्वास श्रेष्ठ चुनिए। उनले नगद १० हजार सहित ट्रफि प्राप्त गरेका छन् ।
हिमालयन शेर्पा क्लबले अब एभिनिर एफसी क्यामरुन सँग ८ गते सोमबार भिड्ने छ ।
प्रतियोगिता अन्तर्गत् आइतबार पहिलो सेमिफाइनलमा मनाङ मर्स्याङदी क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
शेर्पा सेमिफाइनलमा













-1770799852128.png&w=3840&q=75)

