बराबरीमा रोकियो सिटी
शनिबार, ०६ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा सिटीले नटिङघम फरेस्टसँग १-१ गोलको बराबरी खेलेको हो ।
सिटीले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा अंक बाड्नु परेको हो ।
खेलको ४१ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ८४ औं मिनेटमा क्रिस उडले गोल गर्दै नटिङघमलाई १-१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै सिटीले २४ खेलमा ५२ अंक जोडेको छ ।
सिटी दोस्रो स्थानमा रहेको छ ।
फरेस्ट २५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
बराबरीमा रोकियो सिटी













-1770799852128.png&w=3840&q=75)

