आर्सनलको रोमान्चक जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमान्चक जित निकालेको छ ।
शनिबार भएको खेलमा आर्सनलले एस्टन भिल्लामाथि ४-२ गोलको जित निकालेको हो ।
रोमान्चक खेलमा सुरुआती अग्रता एस्टनले बनाएको थियो ।
पाँचौं मिनेटमा ओली वाट्किन्सले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको १६ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ३१ औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै एस्टनलाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ६१ औं मिनेटमा ओलेक्सान्डर जिनचेन्कोले गोल गर्दै आर्सनललाई २-२ गोलको बराबरीमा ल्याए ।
खेलको इन्जुरी समयको दोस्रो मिनेटमा एस्टनका गोलकिपर इमिलियानो मार्टिनेजले आत्मघाती गोल गरेपछि आर्सनल ३-२ ले अघि रह्यो ।
त्यसपछि इन्जुरी समयको आठौं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई ४-२ को जित दिलाए ।
यस जितसँगै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
आर्सनलले २३ खेलमा ५४ अंक जोडेको छ ।
एस्टन २३ खेलमा २८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



