पहिलो हाफमा नेपाल र भारतको बराबरी

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा अहिले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् ।
नेपाल दोस्रो मैत्रीपूर्णमा घरेलु टोलीलाई हराउने योजनासहित मैदान उत्रिएको छ । भारत पनि नेपाललाई हराउने योजनामा रहेको छ ।
पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २-२ गोलको बराबरी खेलेको थियो । बुधबार भएको खेलमा दुई गोलको अग्रता उल्टाएर नेपालले घरेलु टोलीसँग रोमान्चक बराबरी खेलेको हो । नेपालका लागि दुबै गोल सावित्रा भण्डारीले गरेकी थिइन् ।
काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपपछि नेपाल र भारतले दुई खेलको मैत्रीपूर्ण खेल खेलेको हो।
गत भदौमा दशरथ रंगशालामा भएको महिला साफको सेमिफाइनलमा नेपालले भारतलाई १-० ले हराएको थियो ।
ओलम्पिक छनोटको तयारी स्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा दिएको हो ।









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



