टर्की भूकम्पमा बेपत्ता फरवार्ड क्रिस्टियन मृत फेला
शनिबार, फागुन ६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परेर बेपत्ता भएका फरवार्ड क्रिस्टियन अट्सु मृत फेला परेका छन् ।
घानाका फरवार्ड क्रिस्टियन बस्दै आएको अपार्टमेन्टको भग्नावशेषमुनि मृत अवस्थामा फेला परेको बीबीसीले जनाएको छ।
क्रिस्टियनका एजेन्टले उनी मृत फेला परेको पुष्टि गरेको छ ।
क्रिस्टियनले पछिल्लो समय टर्कीको हटेस्पोरबाट खेल्दै आएका थिए ।
३१ वर्षीय फरवार्ड साउदी अरबको क्लब अल–रायदमा एक सिजन बिताएर हटेस्पोरमा अनुबन्ध भएका थिए ।
उनले प्रिमियर लिग क्लब न्युकासल युनाइटेड, चेल्सी, एभर्टन र बर्नमाउथबाट पनि खेलेका थिए ।
क्रिस्टियनले घानाका लागि ६५ खेल खेलिसकेका थिए ।









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



