युनाईटेड किन्न कतारी शेख जसिम र इनेओसको बोलपत्र पेश
शनिबार, फागुन ६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड खरिद गर्न कतारको सबैभन्दा ठूलो बैंक मध्ये एकका अध्यक्ष शेख जसिम बिन हमाद अल थानीले बोलपत्र पेश गरेका छन् ।
कतारी शेख जसिमले आफ्नो फाउन्डेसन नाइन टु फाउन्डेसनले युनाईटेड खरिद गर्न बोलपत्र दिएको पुष्टि गरेको छ ।
यस्तै बेलायती कम्पनी इनेओसले समेत युनाईटेड किन्न बोलपत्र पेश गरेको छ ।
सर जिम र्याक्लिफको स्वामित्वमा रहेको इनेओसले बोलपत्र पेश गरेको जनाएको छ ।
अर्बपति र्याक्लिफले युनाइटेड किन्न आफ्नो रुचि पहिले नै बताइसकेका थिए।
युनाईटेड ग्लेजर परिवारको स्वामित्वमा रहेको छ । ग्लेजर परिवारले २००५ मा युनाइटेड किनेको थियो ।
अहिले ग्लेजर परिवार युनाईटेड बेच्न खोजिरहेको छ ।
युनाईटेड किन्न कतारी शेख जसिम र इनेओसको बोलपत्र पेश









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



