नापोलीलाई १८ अंकको अग्रता
शनिबार, फागुन ६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा नापोलीले सहज जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा नापोलीले सासोउलोलाई २-० गोल अन्तरले हराएको हो ।
नापोलीको जितमा कभिचा केभाराटकेलिया र भिक्टर ओसिमहेनले एक एक गोल गरे ।
खेलको १२ औं मिनेटमा कभिचाले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाए ।
त्यसपछि खेलको ३३ औं मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई २-० को जित दिलाए ।
जितसँगै नापोलीले २३ खेलमा ६२ अंक जोडेको छ ।
नापोली दोस्रो स्थानको इन्टर भन्दा १८ अंकले अघि रहेको छ ।
सासोउलो २५ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
नापोलीलाई १८ अंकको अग्रता









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



