आयोजकलाई हराउँदै मनाङ सेमिफाइनलमा
शुक्रबार, फागुन ५, २०७९खेलपाटी संवाददाता

हेटौडा । मनाङ मर्स्याङ्दी क्लब हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा आयोजकको मकवानपुर ११ लाई २–१ गोल अन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा स्थान बनाएको हो ।
मनाङको जितमा सुमित श्रेष्ठ र डिवान्डो डियाग्नेले गोल गरेका थिए । सुमितले ११ र डेब्यु खेलाडी डिवान्डोले ३९ औं मिनेटमा गोल गरेका थिए ।
मकवानपुरको लागि एक गोल साहिदले गरे । साहिदले ५३ औं मिनेटमा गोल गरेका थिए ।
खेलको म्यान अफ दी म्याच मनाङका कमल थापा चुनिए ।
प्रतियोगिता अन्तर्गत् शनिबार हिमालयन शेर्पा र फ्रेण्डस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
आयोजकलाई हराउँदै मनाङ सेमिफाइनलमा









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



