प्रकाशले फ्रेन्ड्सबाटै खेल्ने
शुक्रबार, फागुन ५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब फ्रेन्ड्सका मिडफिल्डर प्रकाश बुढाथोकीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
फ्रेन्ड्सले शुक्रबार सामाजिक संजालबाट प्रकाशले सम्झौता थप गरेको जनाएको छ ।
फ्रेन्ड्सले नयाँ सिजनको 'ए' डिभिजन लिगका लागि प्रकाशलाई क्लबमै राखेको हो ।
प्रकाशले अघिल्लो सिजन फ्रेन्ड्सको कप्तानी समेत गरेका थिए ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
फ्रेन्ड्सले नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ ।

प्रकाशले फ्रेन्ड्सबाटै खेल्ने









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



