आर्मीलाई हराउँदै एपीएफ अन्तिम चारमा

हेटौडा । सशस्त्र प्रहरीको एपीएफ क्लब हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा बिहीबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको हो ।
निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको नतीजाका लागि टाइब्रेकरको सहारा लिइएको थियो ।
टाइब्रेकरमा एपीएफका नवीन लामा, सुदिप सिख्राकार, सनी श्रेष्ठ तथा दिपेश धिमालले गोल गरेका थिए ।
आर्मीका लागि टेकबहादुर बुढाथोकी र विकास खवासले मात्र गोल गरे । नवयुग श्रेष्ठ र
दीपक गुरुङको प्रहार सशस्त्रका गोलरक्षक राजु नगरकोटीले बचाएका थिए ।
खेलको म्यान अफ दी म्याच एपीएफ गोलरक्षक राजु घोषित भए । उनले नगद दशहजार रुपैयाँ प्राप्त गरेका छन् ।
शुक्रबार आयोजक मकवानपुर-११ र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।













-1770799852128.png&w=3840&q=75)

