दीपले मनाङको कप्तानी गर्ने

काठमाडौं । गोलकिपर दीप कार्कीले मनाङ मर्स्याङ्दी क्लबले कप्तानी गर्ने भएका छन् ।
मनाङले बिहीबार एक विज्ञप्ति निकाल्दै दीपलाई कप्तानको जिम्मेवारी दिईएको जनाएको छ ।
मनाङले सहिद स्मारक 'ए' डिभिजन लिगका लागि दीपलाई अनुबन्ध गरेको थियो ।
मनाङले दीपको कप्तानीमा टिमले उत्कृष्ट नतिजा निकाल्ने विश्वास गरेको छ ।
' यस मनाङ मर्स्याङ्दी क्लबले कप्तानको रुपमा दीप कार्कीलाई नियुक्त गरेको छ । राष्ट्रिय फुटबल टिमका गोलकिपर समेत रहिसकेका कार्कीलाई यस सिजनको 'ए' डिभिजन लिगका लागि कप्तान नियुक्त गरिएको छ,' मनाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'कार्कीको कप्तानीमा क्लबले यस सिजन उत्कृष्ट नतिजा निकाल्ने विश्वास क्लब परिवारले लिएको छ ।'
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
कीर्तिमानी ८ पटकको च्याम्पियन मनाङले हिमालयन शेर्पा क्लबसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।












-1770799852128.png&w=3840&q=75)


