राषफोर्ड युरोपकै खतरनाक खेलाडी - जाभी

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले म्यानचेस्टर युनाईटेडका फरवार्ड मार्कस राषफोर्ड युरोपकै खतरनाक खेलाडी मध्येको एक भएको बताएका छन् ।
युरोपा लिग अन्तर्गत नकआउट चरणको प्लेअफमा युनाईटेडविरुद्ध खेल्नु अघि जाभीले राषफोर्ड खतरनाक खेलाडी भएको बताएका हुन् ।
बार्सिलोनाले आज बिहीबार राति घरेलु मैदानमा युनाईटेडको सामना गर्दैछ ।
'उनी धेरै खतरनाक छन् । त्यसैले हामीले ती सबैको निगरानी गर्न आवश्यक छ तर विशेष गरी राषफोर्ड,' जाभीले भने, 'उनी अहिले युरोपमा सबैभन्दा खतरनाक खेलाडी मध्ये एक हुन्।'
जाभीले युनाईटेडका मुख्य प्रशिक्षक एरिक टेन ह्यागको प्रशंसा समेत गरेका छन् ।
'टेन ह्याग उत्कृष्ट प्रशिक्षक हुन्,' जाभीले थपे, 'मलाई विश्वास छ कि युनाइटेडको अवस्थालाई कुनै पनि तरिकाले उल्टाउनु कुनै सजिलो काम थिएन र उसले यो पूरा गरिरहेका छन् ।'












-1770799852128.png&w=3840&q=75)


