रियलको फराकिलो जित
बिहिबार, ०४ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा रियलले इल्चेलाई ४-० गोल अन्तरले हराएको हो ।
रियलको जितमा करिम बेन्जिमाले दुई गोल गरे । मार्को एसेन्सियो र लुका मोड्रिचले एक एक गोल गरे ।
खेलको आठौं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
३१ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमार्फत गोल गर्दा रियलको अग्रता दोब्बर बन्यो ।
पहिलो हाफको इन्जुरी समयमा बेन्जिमाले पेनाल्टीबाटै व्यक्तिगत दोस्रो गोल गरेपछि रियल ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८० औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई ४-० को जित दिलाए ।
जितसँगै रियलले २१ खेलमा ४८ अंक जोडेको छ ।
रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी समेत घटाएको छ ।
बार्सिलोनाको ५६ अंक रहेको छ ।
इल्चे ९ अंक जोडेर पुछारमा रहेको छ ।
रियलको फराकिलो जित












-1770799852128.png&w=3840&q=75)


