डर्टमण्डले चेल्सीलाई हरायो
बिहिबार, ०४ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा प्रिमियर लिग क्लब चेल्सी पराजित भएको छ ।
बुधबार राति भएको खेलमा चेल्सीलाई जर्मन क्लब बोरुसिया डर्टमण्डले १-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन करिम एडीएमीले निर्णायक गोल गरे ।
खेलको ६३ औं मिनेटमा करिमले डर्टमण्डको जितमा निर्णायक गोल गरेका हुन् ।
अब दुई टोलीबीचको दोस्रो लेग मार्च ७ मा चेल्सीको मैदानमा हुनेछ ।
राउण्ड अफ १६ अन्तर्गत नै अर्को खेलमा बेन्फिकाले क्लब ब्रुगलाई २-० ले हराएको छ ।
डर्टमण्डले चेल्सीलाई हरायो












-1770799852128.png&w=3840&q=75)


