आर्सनललाई हराउँदै सिटी शीर्ष स्थानमा
बिहिबार, ०४ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबार राति भएको खेलमा आर्सनललाई ३-१ गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।
आर्सनलको मैदानमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन, ज्याक ग्रेलिस र अर्लिङ हालाण्डले एक एक गोल गरे ।
आर्सनलका बुकायो साकाले एक गोल फर्काए ।
खेलको २४ औं मिनेटमा ब्रुएनको गोलबाट सिटीले सुरुआती अग्रता बनाएको थियो ।
४२ औं मिनेटमा साकाले पेनाल्टीबाट गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ७२ औं मिनेटमा ग्रेलिसले गोल गर्दै सिटीको अग्रता २-१ को बन्यो ।
त्यसपछि खेलको ८२ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई ३-१ को जित दिलाए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीले २३ खेलमा ५१ अंक जोडेको छ ।
दोस्रो स्थानमा झरेको आर्सनलको पनि ५१ अंक रहेको छ ।
आर्सनलले एक खेल कम खेलेको छ ।
आर्सनललाई हराउँदै सिटी शीर्ष स्थानमा












-1770799852128.png&w=3840&q=75)


