पहिलो हाफमा नेपाल र भारतको बराबरी

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा अहिले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् । नेपालका फरवार्ड सावित्रा भण्डारीको केहि उत्कृष्ट प्रहारले पोस्टको दिशा लिन सकेन । यस्तै भारतको केहि आक्रमण नेपालका कप्तान एन्जिला सुब्बाले बचाईन् ।
नेपाल घरेलु टोलीलाई हराउने योजनासहित मैदान उत्रिएको छ । भारत पनि नेपाललाई हराउने योजनामा रहेकोछ ।
काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपपछि नेपाल र भारत पहिलो पटक खेलिरहेको हो ।
गत भदौमा दशरथ रंगशालामा भएको महिला साफको सेमिफाइनलमा नेपालले भारतलाई १-० ले हराएको थियो ।
ओलम्पिक छनोटको तयारी स्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि बोलाएको हो । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण शनिबार हुनेछ ।









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



