राजा फ्रेन्ड्समा अनुबन्ध
बुधबार, फागुन ३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब फ्रेन्ड्सले गोलकिपर राजा बाबु थापालाई अनुबन्ध गरेको छ ।
फ्रेन्ड्सले बुधबार सामाजिक संजालबाट थापालाई अनुबन्ध गरिएको जनाएको छ ।
फ्रेन्ड्सले नयाँ सिजनको 'ए' डिभिजन लिगका लागि थापालाई अनुबन्ध गरेको हो ।
थापाले अघिल्लो सिजन संकटा क्लबबाट खेलेका थिए ।
यस अघि फ्रेन्ड्सले मिडफिल्डर लक्ष्मण रुचाल, डिफेन्डर अमित तामाङ, मिडफिल्डर डोना थापा, गोलकिपर विशाल सुनार,फरवार्ड राजेश परियार र मिडफिल्डर रुपेश केसीलाई अनुबन्ध गरेको थियो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
फ्रेन्ड्सले नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ ।

#राजा फ्रेन्ड्समा अनुबन्ध









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



