उज्वेकिस्तानका विंगर मनाङमा अनुबन्धित
बुधबार, फागुन ३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब मनाङ मर्स्याङ्दीले उज्वेकिस्तानका विंगर सेदजामोल दाभ्लातजोनोभलाई अनुबन्ध गरेको छ ।
मनाङले बुधबार सामाजिक संजालबाट विंगर सेदजामोललाई अनुबन्ध गरिएको जनाएको छ ।
विंगर सेदजामोल उज्वेकिस्तानको यू-१८, यू-१९ र यू-२० टिमबाट खेलिसकेका खेलाडी हुन् ।
२५ वर्षीय विंगरले उज्वेकिस्तानको शीर्ष डिभिजनको लिग खेलिसकेका छन् ।
उनले किर्गीस्तानको लिग समेत खेलिसकेका छन् ।
यस अघि मनाङले बार्सिलोनाका पूर्व डिफेन्डर डावान्डु डियाग्नेलाई अनुबन्ध गरेको थियो ।
कीर्तिमानी ८ पटकको च्याम्पियन मनाङले नयाँ सिजनको 'ए' डिभिजन लिगका लागि एसियन कोटामा उज्वेकिस्तानका खेलाडीलाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
उज्वेकिस्तानका विंगर मनाङमा अनुबन्धित









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



