क्लब विश्वकप-२०२३ साउदीमा हुने
बुधबार, फागुन ३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सन् २०२३ को फिफा क्लब विश्वकप फुटबल साउदी अरेबियामा आयोजना हुने भएको छ ।
साउदीमा आयोजना हुने क्लब विश्वकप आगामी डिसेम्बर १२ देखि २२ सम्म हुनेछ ।
साउदीले पहिलो पटक क्लब विश्वकप आयोजना गर्न लागेको हो ।
साउदी क्लब विश्वकपको छैटौं आयोजक हो ।
मोरक्कोमा भएको पछिल्लो संस्करणको उपाधि रियल मड्रिडले जितेको थियो ।
रियलले अल हिलाललाई ५-३ ले हराएर उपाधि जितेको हो ।
रियलले उपाधि जितेको तीन दिनपछि नयाँ आयोजक राष्ट्रको घोषणा भएको हो ।
क्लब विश्वकप-२०२३ साउदीमा हुने









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



