• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नामिबियाविरुद्ध नेपाल : हेट टु हेट
खेलपाटी संवाददाता
मंगलबार, फागुन २, २०७९ खेलपाटी संवाददाता
नामिबियाविरुद्ध नेपाल : हेट टु हेट

काठमाडौं । भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज आज शनिबारबाट सुरु हुदैछ । 

सिरिजको पहिलो खेलमा नेपाल र नामिबियाको खेल्दै छन् । खेल आज आज मंगलबार बिहान ९ बजेबाट टियु मैदान किर्तिपुरमा आयोजना हुदैछ ।

नामिबिया नेपालका लागि नौलो प्रतिद्वन्दी होईन । नेपालले नामिबियाविरुद्ध एकदिवसीय अन्तराष्ट्रियमा पाचौं पटक खेल्न लागेको हो । जसमा एक खेल वर्षाका कारण रद्द भएकोमा नामिबिया तीन खेलमा जित हात पारेको छ । नामिबियालाई घरेलु मैदानमा पहिलो पटक एकदिवसीय अन्तराष्ट्रियमा हराउने लक्ष्यमा नेपाल रहेको छ ।

पहिलो पटक गतबर्ष स्कटल्याण्डमा भएको विश्वकप लिग टू अन्तर्गतको सिरिजमा नेपाल र नामिबिया खेलेका थिए । सो खेलमा नामिबिया ४० रनले विजयी भएको थियो । 

टस जितेर ब्याटिङ रोजेको नामिबीयालाई नेपालले ४७.३ ओभरमा २ सय २० रनमा अलआउट गरेको थियो । २ सय २१ रनको मध्यम लक्ष्य नेपालको कमजोर ब्याटिङका कारण विशाल लक्ष्यमा परिणत भयो ।

नेपालले ४६.५ ओभरमा पुरै विकेट गुमाएर १ सय ८० रन मात्र बनाउन सक्यो । यस खेलमा नेपालका लागि आरिफ शेखले अविजित ५० रनको योगदान गरेपनि अन्य ब्याटरले राम्रो प्रदर्शन गरेका थिएनन् । तत्कालिन कप्तान सन्दीप लामिछानेले महत्वपुर्ण ४ विकेट लिएका थिए ।

स्कटल्याण्ड भ्रमणमा नै विश्वकप लिग टू अन्तर्गत नेपालले दोस्रो पटक नामिबियाको सामना गर्यो । १६ जुलाई २०२२ मा कम्बुस्डोन न्यू मैदानमा नेपाल ६३ रनले पराजित भयो । उक्त खेलमा नामिबियाले टस जितेर ब्याटिङ गर्यो । 

नेपालले नामिबियालाई ४९.१ ओभरमा १ सय ९९ रनमा अलआउट गरायो । नेपालका लागि तत्कालिन कप्तान सन्दीप लामिछानेले पुनः ४ विकेट लिए । २ सय रनको मध्यम लक्ष्य नेपालका ब्याटरहरुले खराब लयलाई निरन्तरता दिदाँ विशाल लक्ष्यमा परिणत भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३८ तथा आसिफ शेखले ३४ रन बनाएका थिए ।

नामिबियाविरुद्ध तेस्रो खेल विश्वकप लिग टूको अन्तर्गतको नेपाल,नामिबिया तथा स्कटल्याण्ड भएको सहभागी रहेको त्रिदेशीय सिरिजमा नै खेलेको थियो । सो खेल डिसेम्बर २ २०२२ मा नामिबियामा नै भएको थियो । सो खेल वर्षाका कारण रद्द भएको थियो । टस हारेर सो खेलमा पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अलआउट हुदै १ सय ९७ रन बनाएको थियो । 

त्यस खेलमा नेपालका पुर्व कप्तान ज्ञानेन्द्र मल्लले ७५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । आरिफ शेखले २३ तथा आसिफ शेखले २० रन बनाएको सो खेलमा नेपालका अन्य ब्याटरहरु चल्न सकेनन् । 

१ सय ९८ रनको लक्ष्यका साथ दोस्रो ईनिङ सुरु गरेको नामिबियाले ४ बलमा ४ रन बनाउँदा भारी बर्षा भएपछि सो खेल रद्ध भएको थियो । 

नेपालले पछिल्लो पटक नामिबियाको सामान ७ डिसेम्बर २०२२ मा गरेको थियो । सो खेलमा नेपाल ८६ रनले पराजित भएको थियो । टस जितेको नेपालले पहिले फिल्डिङ गरेको खेलमा नामिबियाले पूरा ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७५ रन बनाएको थियो । 

नामिबियाका लागि मिचेल भान लिन्गिनले १ सय २१ रनको शतकीय ईनिङ खेलेका थिए । कप्तान ग्रेहार्ड इरास्मसले ५३ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । जान निकोलले ४० तथा डिभान ला ककले १८ रन बनाएका थिए । 

नेपालका लागि ललित नारायण राजवंशीले ४ तथा सोमपाल कामीले २ विकेट लिएका थिए । 

२ सय ७६ रनको जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४६.५ ओभरमा अलआउट हुदै १ सय ८९ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ४४ तथा दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । ज्ञानेन्द्र मल्लले ३० तथा अर्जुन साउदले २९ रन बनाका थिए ।

नेपालले नामिबियासँग पहिलो पटक घरेलु मैदानमा एकदिवसीय अन्तराष्ट्रिय खेल्न लागेको हो । नेपालको घरेलु मैदानमा नामिबियासँग यस अघि लिस्ट 'ए' को खेल भने खेलिसकेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
इङ्ल्यान्डसँग भारत पराजित
इङ्ल्यान्डसँग भारत पराजित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP