• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
लिग टू मा नेपालको स्थिति
खेलपाटी संवाददाता
सोमबार, फागुन १, २०७९ खेलपाटी संवाददाता
लिग टू मा नेपालको स्थिति

काठमाडौं । नेपालले घरेलु मैदानमा मंगलबारबाट नामिबिया,स्कटल्याण्ड र नेपाल सम्मिलित त्रिकोणत्मक सिरिज खेल्दै छ । 

मंगलबारबाट सुरु हुने त्रिकोणात्मक सिरिज विश्वकप लिग टू अन्तर्गत आयोजना भईरहेको छ । लिग टू मा सात राष्ट्रको सहभागीता रहेको छ । 

यस सिरिजमा सहभागी स्कटल्याण्ड ३२ खेलमा २२ मा जित र ८ मा हारका साथ ४६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । अनौपचारिक रुपमा च्याम्पियन बनी सकेको स्कटल्याण्डको लागि नेपाल भ्रमण अन्तिम राउण्ड हो। 

लिग टूको विजेता बन्न औपचारिकता बाकीँ रहेको स्कटल्याण्डले यस वर्ष नै आयोजना हुने एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाईसकेको छ । उसलाई लिग टू को विजेता बन्न कम्तिमा पनि तीन खेलमा जित आवश्यक रहेको छ । लिग टूको अन्तिम सिरिज रहेका कारण कम्तिमा २ खेल जितेर स्कटल्याण्ड विजेता बन्न चाहान्छ । 

नामिबिया विश्वकप लि टूको शीर्ष तीनमा पर्न सम्भावना भएको अर्को टोली हो । नामिबिया नेपाल भ्रमणका क्रममा शीर्ष तीनको स्थान बलियो बनाउँन चाहान्छ । हालसम्म नामिबिया ३० खेलमा १८ मा जित र ११ मा हारसहित ३७ अंक जोड्दै तेस्रो स्थानमा छ ।

शीर्ष तीनमा रहि सिधै विश्वकप छनोट खेल्न नेपालले खेल्न बाकीँ सबै १२ खेल जित्नुपर्ने हुन्छ । र, नामिबिया र यूएईको नतिजामा भर पर्नुहुन्छ । शीर्ष पाँचमा पर्दै एकदिवसीय मान्यता कायम राख्न कम्तिमा पनि ९ खेल जित्नुपर्ने हुन्छ । 

नेपालले विदेशमा खेलेका २० मध्ये ६ खेलमा मात्रै जितेको छ । नेपालले घरेलु भुमिमा भने ४ खेल खेल्दा २ मा जित हात पारेको थियो । विदेशमा ३० प्रतिशत जित हात पारेको नेपालले घरेलु मैदानमा भने ५० प्रतिशत जित हात पारेको छ ।

नेपालले लिग टू का लागि गत डिसेम्बरमा नामिबिया भ्रमण गरेको थियो । सो क्रममा चार मध्ये तीन खेल नेपालले हारेको थियो । एक खेल वर्षाको कारण नतिजा विहीन थियो । नेपाल भने २४ खेलमा ८ मा जित र १४ मा हारसहित अंक तालिकाको छैटौं स्थानमा छ । 

स्कटल्यान्ड नेपालमा पहिलो पटक खेल्दैछ । नामिबिया ७ वर्षपछि नेपालमा खेल्दैछ । 

यस अघि नामिबियाले २०१६ मा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलेको थियो । त्यस भ्रमणका क्रममा उसले दुवै खेलमा पराजय ब्यहोरेको थियो । सात वर्षमा नामिबियाले पुनः टियु मैदानमा खेल्दैछ । सात बर्षमा पिचमा धेरै परिवर्तन आएको छ । उता,स्कटल्याण्ड भने पहिलो पटक नेपालमा खेल्दै छ । 

नेपाली वातावरणमा खेल्न यी दुई टोलीलाई त्यती सहज हुनेछैन । एकदिवसीय मान्यता बचाउन प्रयासरत नेपालले घरेलु मैदानको फाइदा उठाउनु पर्नेछ । कप्तान रोहित पौडेलले घरेलु मैदानमा खेल्दा फाइदा नै हुने बताएका छन् ।

'घरेलु मैदानको एडभान्टेज हामीलाई हुन्छ नै हामीलाई मैदानको बारेमा सबै थाहा छ । मैदानको डाईमेन्सन देखि सबै कुरा थाहा छ । आफुमा एप्लाई गर्ने हो कसरी खेल्ने भनेर ,' रोहितले भने 

स्कटल्याण्ड र नामिबियाविरुद्ध लिग टू मा नेपाल

स्कटल्यान्डसँग नेपालले लिग टूमा खेलेको चार मध्ये तीन खेलमा हार तथा एक खेलमा जित हात पारेको छ । जुलाईमा घरेलु मैदानमा स्कटल्याण्ड पहिलो खेलमा नेपालसँग पाँच विकेटले स्तब्ध भएको थियो ।

नेपालले लिग टू मा नामिबियालाई पराजित गर्न सकेको छैन । नामिबियासँग खेलेको चार मध्ये तीन खेलमा नामिबिया विजयी हुँदा एक खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो । 

नामिबियासँग गत जुलाईमा स्कटल्याण्डमा नेपालले पहिलो खेलमा ४० तथा दोस्रो खेलमा ६३ रनले हार व्यहोरेको थियो । गत डिसेम्बरमा नामिबियामा भएको पहिलो खेल वर्षाले रद्द हुँदा दोस्रो खेलमा नेपाल ८६ रनले पराजित भएको थियो ।

नामिबियासँग भएका लिग टू का खेल नेपाल लक्ष्य पछ्याउँदा पराजित भएको थियो । स्कटल्याण्डसँग भने पहिला ब्याटिङ गरेका तीनै खेलमा नेपाल पराजित हुन पुगेको  थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
इङ्ल्यान्डसँग भारत पराजित
इङ्ल्यान्डसँग भारत पराजित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP