काठमाडौं । भारतका स्पिनर रविन्द्र जडेजाले महत्वपुर्ण ५ विकेट लिए पछि घरेलु टोलीले पहिलो टेस्टको पहिलो ईनिङमा पाहुना टोली अस्ट्रेलियालाई १ सय ७७ रनमा रोकेको छ ।
नागपुरमा आज सुरु पहिलो टेस्ट खेलको पहिलो ईनिङमा पाहुना टोलीले अलआउट हुँदै १ सय ७७ रन मात्र बनाउन सक्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली पहिलो दिनको तेस्रो सेसनमा अलआउट हुनुपुर्व मात्र १ सय ७७ रन बनायो ।
पाहुना टोलीका लागि मार्नुस लाबुस्छानले ४९ रन बनाउँदा स्टिभ स्मिथले ३७ रन बनाए । एलेक्स केरी ३६ रनमा आउट हुँदा पिटर ह्यान्डसकमले ३१ रन बनाए ।
घरेलु टोलीका लागि रविन्द्र जडेजाले २२ ओभरमा ४७ रन दिएर ५ विकेट लिए । उनले मार्नुस लाबुस्छान,स्टिभ स्मिथ,म्याट रेन्शा,पिटर ह्यान्डसकम र टोड मुर्फिलाई आउट गराए ।
रविचन्द्रन आश्विनले ३ तथा मोहम्मद सामी र मोहम्मद सिराजले समान १/१ विकेट लिए ।
भारत र अस्ट्रेलियाबीच चार खेलको टेस्ट सिरिजअन्तर्गतको पहिलो खेल आजबाट सुरु भएको हो ।