अफ्रिदीलाई २ वर्षको प्रतिबन्ध
बुधबार, माघ २५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । पाकिस्तानी क्रिकेटर आसिफ अफ्रिदीलाई २ वर्षको प्रतिबन्ध लागेको छ ।
पाकिस्तान क्रिकेट बोर्डले फस्ट क्लास क्रिकेटर अफ्रिदीलाई २ वर्षको प्रतिबन्ध लगाएको हो ।
३६ वर्षीय लेफ्ट आर्म स्पिनर गत सेप्टेम्बरबाट निलम्बनमा थिए ।
पाकिस्तान क्रिकेट बोर्डको एन्टी करप्सन कोड उल्लङ्घन गरेको भन्दै उनलाई प्रतिबन्ध गरिएको हो ।
उनले पाकिस्तानको राष्ट्रिय टिमका लागि खेलेका छैनन् ।
तर, अष्ट्रेलियाविरुद्ध घरेलू मैदानमा भएको टी-ट्वान्टी सिरिजका लागि टोलीमा अटाएका थिए ।
अफ्रिदीले ३६ फस्ट क्लास खेलमा ११८ विकेट लिएका छन् ।
अफ्रिदीलाई २ वर्षको प्रतिबन्ध









-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)

